आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति गण्डकी प्रदेश

प्रचण्ड भन्छन्- अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ९ कात्तिक, २०८२ मा प्रकाशित
प्रचण्ड भन्छन्- अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ
गोरखा, कात्तिक ९ :

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान अवस्था सम्हाल्ने जिम्मा अब माओवादीकै काँधमा आएको बताएका छन्।

नेकपा माओवादी केन्द्र गोरखाद्वारा आइतबार आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनजीवनका मुद्दा र राजनीतिक अस्थिरता समाधान गर्ने शक्ति माओवादी भएको दाबी गरे।

‘हाम्रो पार्टीले अहिले देशभर जिल्ला–जिल्ला र गाउँ–गाउँसम्म कार्यक्रम सञ्चालन गरिरहेको छ,’ प्रचण्डले भने, ‘आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भन्ने विश्वास व्यक्त गर्न थालेका छन्।’

उनले आसन्न निर्वाचनलाई सफल पार्न सबै राजनीतिक दल र कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गरे।

‘अब चुनाव घोषणा भइसकेको छ। चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो,’ प्रचण्डले भने, ‘सरकारले निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्छ। चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार