शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार राजनीति

जरुरी नभएसम्म यात्रा नगर्न विपद् व्यवस्थापन प्राधिकरणको अनुरोध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ११ कात्तिक, २०८२ मा प्रकाशित
जरुरी नभएसम्म यात्रा नगर्न विपद् व्यवस्थापन प्राधिकरणको अनुरोध
काठमाडौं, कात्तिक ११ :

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम प्रतिकूलताको समयमा अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने आङ्कलन गरिएको भन्नुहुँदै सो अनुरोध गरिएको जानकारी दिइन् ।

जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोसी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको तथा उक्त प्रणालीको प्रभावबाट मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको देखाएको छ ।

प्राधिकरणले डुबान हुनसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिने, अरुलाई पनि जानकारी दिने र आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

यसका साथै, प्रभावित हुनसक्ने नदी किनारका बासिन्दा सतर्क रहन, धान तथा अन्य बाली नकाट्न, काटेको भए तत्काल नभित्र्याउन, तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयम्सेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयार अवस्थामा रहन समेत आग्रह गरेको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार