
काठमाडौं, कात्तिक १२ :
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। रानाभाटले आफ्नो राजीनामा पत्र प्रहरी प्रधान कार्यालय, नक्सालमा बुझाएका हुन्। यद्यपि, उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन।
रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। उनले किन राजीनामा दिएका हुन् भन्नेबारे भने अहिलेसम्म खुलाइएको छैन। प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार रानाभाटले राजीनामा बुझाएको पुष्टि भएको छ। उनले भने, ‘राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइने प्रक्रिया अघि बढ्दै छ।’