
काठमाडौं, कात्तिक १२ :
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।
मन्त्री खरेलका अनुसार राष्ट्रपति पौडेलसहितको टोलीले आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ।
राष्ट्रपति पौडेलले भ्रमणका क्रममा ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रममा सहभागिताका लागि नै उनी कतार प्रस्थान गर्न लागेका हुन्।