
काठमाडौं, कात्तिक १४ :
दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको गुनासो गरे।
सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कार्मीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।
आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए । उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उल्लेख गरे।
आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हत्कडी लगाएर लैजान उनले चुनौती दिए। उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए ।