सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति प्रदेश लुम्बिनी प्रदेश

मोहनविक्रम सिंह भन्छन्- जेनजी आन्दोलन नेतृत्वविहीन हुँदा अर्कै रुप लियो

अदालतले पुन:स्थापना गर्ने विश्वास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १४ कात्तिक, २०८२ मा प्रकाशित
मोहनविक्रम सिंह भन्छन्- जेनजी आन्दोलन नेतृत्वविहीन हुँदा अर्कै रुप लियो
बुटवल, कात्तिक १४ :

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले जेनजी आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रगतिशील पत्रकार संघले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर नरसंहार गरेको भन्दै त्यसको निष्पक्ष छानबिन र कारबाही आवश्यक रहेको बताए ।

उनले जेनजी आन्दोलन नेतृत्वविहीन हुँदा त्यसले अर्कै रुप लिएको पनि बताए । जेनजी आन्दोलनपछि गरिएको संसद विघटन असंवैधानिक भएको भन्दै सिंहले अदालतले पुन:स्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे ।

उनले संसद पुन:स्थापना नभएर निर्वाचन हुने वातावरण बने आफूहरुको समर्थन हुने पनि बताए ।उनले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको समेत उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार