शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

जनजातिको अधिकार कार्यान्वयनका लागि सरकारको तदारुकता जरुरी : अध्यक्ष दाहाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १४ कात्तिक, २०८२ मा प्रकाशित
जनजातिको अधिकार कार्यान्वयनका लागि सरकारको तदारुकता जरुरी : अध्यक्ष दाहाल
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक १४ :

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि राज्य, सरकार र संवैधानिक आयोगबीच सहकार्य एवं तदारूकता आवश्यक रहेको बताएका छन्।

आदिवासी जनजाति आयोगले  आज आयोजना गरेको ‘आयोगका सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे बृहत् अन्तरक्रियात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले आदिवासी जनजाति आयोगले गरेका सिफारिसहरूमध्ये थोरै मात्र कार्यान्वयन भएको र अधिकांश कार्यान्वयन नभएको भन्दै यसलाई गम्भीर चिन्ताको विषयका रूपमा लिनुपर्ने बताए ।

अध्यक्ष दाहालले आयोगका प्रतिवेदनहरू राष्ट्रपतिसमक्ष पेस भए पनि तिनका सिफारिस र सुझावहरू कार्यान्वयनमा नआएको गुनासो दोहोरिइरहेको भन्दै संसद्, सरकार र आयोगबीच समन्वय अभिवृद्धि गर्नुपर्ने बताए ।

नेपालको संविधान र कानुनी व्यवस्थाअनुसार आदिवासी जनजाति आयोग गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आयोगको गठन आदिवासी जनजातिको लामो सङ्घर्षको उपलब्धि रहेको बताए ।

नेपालको कुल जनसङ्ख्याको करिब ३८ प्रतिशत जनसङ्ख्या आदिवासी, जनजाति समुदायको भए पनि उनीहरू सबै क्षेत्रमा पछाडि पारिएको र समान प्रतिनिधित्व नपाएको उल्लेख गर्दै दाहालले राजनीतिक परिवर्तनका हरेक चरणमा आदिवासी जनजातिको योगदानलाई स्मरण गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार