शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने #फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने
राजनीति

महाधिवेशन मिति सार्वजनिक गर्न दबाब : युवा कार्यकर्ताद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
महाधिवेशन मिति सार्वजनिक गर्न दबाब : युवा कार्यकर्ताद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी
ललितपुर, कात्तिक १६ :

नियमित महाधिवेशनको मिति तत्काल सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। आइतबार दिउँसो पार्टीको मूल गेटमा तालाबन्दी गर्दै उनीहरूले पार्टी नेतृत्वले महाधिवेशनको मिति अनावश्यक रूपमा ढिलो गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

युवा कार्यकर्ताले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै महाधिवेशनमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठक २८ असोजदेखि सुरु भए पनि पटक–पटक स्थगित हुँदै आएको छ। शुक्रबारका लागि बोलाइएको बैठक बस्न नसकी आइतबारका लागि सारिएको थियो। तर आइतबारको बैठक पनि फेरि स्थगित गर्दै मंगलबार बस्ने भनिएपछि असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेका हुन्।

पार्टीको कार्यालयमा तालाबन्दीपछि सानेपामा केहीबेर नाराबाजीसमेत गरिएको थियो।युवा कार्यकर्ताले नेतृत्वलाई छिटो सहमति गरेर नियमित महाधिवेशनको मिति तय गर्न चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार