मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न केन्द्रीय समितिलाई संस्थापन पक्षले दबाब दिने

केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न केन्द्रीय समितिलाई संस्थापन पक्षले दबाब दिने
काठमाडौं, कात्तिक १७ :

नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरुले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मिति सहितको प्रस्ताव लैजाने भएका छन् । 

सोमबार काठमाडौंमा बसेको पक्ष नेताहरुको छलफलले बहुमत केन्द्रीय सदस्यहरुकोसाथमा १५ औं महाधिवेशनको तिथि मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । 

आफूहरुले राखेको प्रस्ताव नै अन्तिम हुने र त्यही अनुसारको निर्णय हुने उनले दाबी गरे । बरालले पदाधिकारी र कार्यसम्पादन समितिले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नसकेकाले आफूहरुले निकासको प्रयास गरेको जिकिर गरे ।

त्यस्तै कांग्रेस नेता किरणराज पौडेलले पार्टीको नियमित महाधिवेशनको कार्यतालिका यथाशिघ्र प्रस्तुत गर्न दबाब दिने निर्णय भएको बताए । विधान अनुसार सभापति, महामन्त्री लगाएत चल्नुपर्ने उनले बताए ।

महाधिवेशनका बिषयमा देखिएको विवादका कारण पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार