काठमाडौं, कात्तिक १७ :

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटवार्तामा उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि सहभागि थिए । 

आगामी प्रतिनिधिसभाको निर्वाचनको तयारी र संसद् पुन:स्थापनाका लागि भइरहेको बहसकाबीच उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफल बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिइन् ।