शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

प्रधानमन्त्री कार्कीसँग प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भेटवार्ता

निर्वाचनलाई सफल बनाउन सबै लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीसँग प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भेटवार्ता
काठमाडौं, कात्तिक १७ :

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटवार्तामा उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि सहभागि थिए । 

आगामी प्रतिनिधिसभाको निर्वाचनको तयारी र संसद् पुन:स्थापनाका लागि भइरहेको बहसकाबीच उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफल बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिइन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार