आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश लुम्बिनी प्रदेश

भैरहवामा गोली चल्यो : होटल निर्वाणाका सुरक्षागार्ड घाइते, गोली चलाउने समूह फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १८ कात्तिक, २०८२ मा प्रकाशित
भैरहवामा गोली चल्यो : होटल निर्वाणाका सुरक्षागार्ड घाइते, गोली चलाउने समूह फरार
प्रतीकात्मकर तस्बिर ।
भैरहवा, कात्तिक १८ :

रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा अगाडि गएराति गोली चलेको छ । घटनामा होटलका एक सुरक्षागार्ड सामान्य रूपमा घाइते भएका छन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा ती समूह होटलको गेटसम्म आइपुगेका थिए । त्यही क्रममा एक समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली चलाउने समूहको पहिचान हुन सकेको छैन । उनीहरू फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य तीव्र पारेको छ ।

घाइते सुरक्षागार्डको उपचार स्थानीय अस्पतालमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार