
प्रतीकात्मकर तस्बिर ।
भैरहवा, कात्तिक १८ :
रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा अगाडि गएराति गोली चलेको छ । घटनामा होटलका एक सुरक्षागार्ड सामान्य रूपमा घाइते भएका छन् ।
रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा ती समूह होटलको गेटसम्म आइपुगेका थिए । त्यही क्रममा एक समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोली चलाउने समूहको पहिचान हुन सकेको छैन । उनीहरू फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य तीव्र पारेको छ ।
घाइते सुरक्षागार्डको उपचार स्थानीय अस्पतालमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।