काठमाडौं, कात्तिक १९ :

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद् पुन:स्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन् । 

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुन:स्थापना गर्नुपर्ने बताएका हुन् ।

जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुन:स्थापना हुनुपर्ने उनको भनाइ छ ।

उनले भाद्र २३ गते जेनजी युवा पुस्ताको हत्याको घटनाको छानबिन गरी कारबाही हुनुपर्ने र भदौ २४ गते  भएको आगजनी र विध्वंसको पनि छानबिन गरी कारबाही हुनुपर्ने धारणा राखे । पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन गर्ने दाबी पनि गरे ।