सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति प्रदेश लुम्बिनी प्रदेश भिडियो

एमाले उपाध्यक्ष पौडेल भन्छन्- संसद् पुन:स्थापना गरी ताजा जनादेशमा जानुपर्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १९ कात्तिक, २०८२ मा प्रकाशित
एमाले उपाध्यक्ष पौडेल भन्छन्-  संसद् पुन:स्थापना गरी ताजा जनादेशमा जानुपर्छ
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक १९ :

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद् पुन:स्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन् । 

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुन:स्थापना गर्नुपर्ने बताएका हुन् ।

जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुन:स्थापना हुनुपर्ने उनको भनाइ छ ।

उनले भाद्र २३ गते जेनजी युवा पुस्ताको हत्याको घटनाको छानबिन गरी कारबाही हुनुपर्ने र भदौ २४ गते  भएको आगजनी र विध्वंसको पनि छानबिन गरी कारबाही हुनुपर्ने धारणा राखे । पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन गर्ने दाबी पनि गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार