
काठमाडौं, कात्तिक २० :
नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको नियमित महाधिवेशन छिटो गर्न दबाब दिने उद्देश्यसहित काठमाडौंमा भेला आयोजना गरेको छ।
देउवा र सिटौला निकट नेताहरूको अगुवाइमा राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ। कार्यक्रममा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेश महामन्त्री भेपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाहलगायत नेताहरू सहभागी छन् ।
संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला देउवा–सिटौला समूहले भने नियमित महाधिवेशनमै अघि बढ्नुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ। यही विषयमा मतभेद देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक हालसम्म पनि अनिर्णित बनेको छ।