बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
राजनीति

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा पाँचखालमा सेनाको विशेष कार्यक्रम

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २० कात्तिक, २०८२ मा प्रकाशित
संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा पाँचखालमा सेनाको विशेष कार्यक्रम
काभ्रे, कात्तिक २० :

नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति तालिम केन्दमा प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार सेनाले राष्ट्र सङ्घको ८०औँ स्थापना दिवस मनाएको हो ।  

कार्यक्रममा सेनाले शान्ति स्थापनार्थ आपतकालिन अवस्थामा उद्धार, पुनःस्थापना, सुरक्षित स्थानान्तरण, प्राथमिक उपचारजस्ता विषयमा प्रस्तुतिकरण गरेको थियो ।  

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरुको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रमासमेत पहिलो स्थानमा छ ।

संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय १९ जना शान्ति सैनिकहरु कार्यरत छन् । विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरुले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैकिहरु घाइते भएका छन् ।

कार्यक्रममा रक्षा सचिव, वलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, मित्रराष्ट्रहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरु लगायत नेपाली सेनाका रथिवृन्द, अधिकृत, पखिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार