मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार

आरुबारीमा ४१ जनाले गरे रक्तदान [तस्बिरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २२ कात्तिक, २०८२ मा प्रकाशित
आरुबारीमा ४१ जनाले गरे रक्तदान [तस्बिरसहित]
काठमाडौं, कात्तिक २२ :

राधाकृष्ण मन्दिर व्यवस्थापन समिति र जागरुक महाअभियानको आवाज मण्डलको संयुक्त आयोजनामा शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित आरुबारीस्थित राधाकृष्ण मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

ब्लड डोनर्स गोकर्णेश्वर नगरसमितिको आह्वान र हिमाल हस्पिटल ब्लड बैंकको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा ४१ जना दानीहरूले रक्तदान गरेका थिए।

कार्यक्रमका अवसरमा रक्तदाताहरुलाई काठमाडौं क्षेत्र नं ३ का पूर्वसांसद् सन्तोष चालिसे र स्थानीय समाजसेवीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उमेश केसीलाई ब्लड बैंकको तर्फबाट प्रशंसा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

त्यसअवसरमा बोल्दै अध्यक्ष केसीले भने, ‘रक्तदान भनेको जीवन दान सरह हो। यस अभियानलाई आगामी दिनमा पनि निरन्तर जारी राख्नेछौं।’राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको यो पहिलो रक्तदान कार्यक्रम हो।

स्वास्थ्यका लागि महत्त्वपूर्ण यस अभियानलाई समुदायमा सूसुचित गराउन आवश्यक रहेकोमा जोड दिइयो ।

आरुबारी राधाकृष्ण मन्दिर परिसरमा ४१ जनाद्वारा रक्तदान

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार