सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति भिडियो

दुर्गा प्रसाईंको घोषणा : बालेनलाई ठेगान लगाउँछु, सुकुम्बासीलाई पक्की घर दिलाउँछु

महानगरले बस्ती खाली गराउने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २३ कात्तिक, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंको घोषणा : बालेनलाई ठेगान लगाउँछु, सुकुम्बासीलाई पक्की घर दिलाउँछु
काठमाडौं, कात्तिक २३ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अभियान सुरु गर्ने घोषणा गरेका छन्। 

आइतबार बिहान उनी मनोहरास्थित सुकुम्बासी बस्ती पुगेका थिए, जहाँ उनले बालेनविरुद्ध लड्न सुकुम्बासीलाई उक्साउँदै सहयोग गर्ने प्रतिबद्धता जनाए।

मनोहरामा भेला भएका बस्तीवासीलाइ सम्बोधन गर्दै प्रसाईंले मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा साथ दिन आग्रह गरे। उनले भने, ‘सुकुम्बासीलाई लछारपछार गर्नेहरूको श्रीमती र परिवारलाई पनि त्यस्तै गर्छु।’

प्रसाईंले मेयर बालेन र उनका सहयोगी भिक्टर पौडेलमाथि पनि गम्भीर आरोप लगाउँदै भने, ‘बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड खाएका छन्।’

दलहरूले सुकुम्बासीलाई केवल ‘भोट बैंक’का रूपमा प्रयोग गर्दै आएको आरोप लगाउँदै उनले भने, “म भोट माग्दिनँ, बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्छु।’

प्रसाईंले सम्पूर्ण दल र बालेन शाहलाई “ठेगान लगाउने” चेतावनीसमेत दिए।

यता, काठमाडौं महानगरले मनोहरा सुकुम्बासी बस्ती खाली गर्न दिएको एक हप्ताको अल्टिमेटम आइतबार सकिँदैछ। अल्टिमेटम सकिएसँगै महानगरले बस्ती खाली गराउने तयारी गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार