सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति भिडियो

केपी ओलीले भने- देश जलाउनेहरू नै अहिले सरकार चलाउन भनेर आए

एमाले संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जाने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २३ कात्तिक, २०८२ मा प्रकाशित
केपी ओलीले भने- देश जलाउनेहरू नै अहिले सरकार चलाउन भनेर आए
काठमाडौं, कात्तिक २३ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको पूर्णबैठकलाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनका नाममा असंवैधानिक तवरले सरकार गठनका साथै प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका हुन् ।

ओलीले देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको जिकिर गरे । अहिलेको परिस्थिति राष्ट्रको लागि अनिष्ठ परिस्थिति भएको भन्दै उनले यो परिस्थितिलाई लामो समय जान दिनु नहुने धारणा राखे । अहिले विभिन्न प्रकारका आपराधिक तत्त्वबाट जनता अतङ्कित भएकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको ओलीले बताए।

अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारबाही नगरिएको बताए । अपराधमा संलग्नलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा समेत सरकारले छाड्ने आदेश दिएको उनको भनाइ छ । 

उनले एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जाने स्पष्ट पारे । एमालेले अब आन्दोलनका लागि प्रशासनसंग कुनै अनुमति नलिने उनले बताए।

उहाले शान्तिपूर्ण आन्दोलन संवैधानिक अधिकार भएको बताउँदै संविधानको अधिकारलाई सिडिओको आदेशले नकाट्ने बताए । लोकतन्त्र फर्काइ छाड्ने प्रतिवद्धताका साथ एमाले सडकमा उत्रिने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार