शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति भिडियो

मुलुकभरका स्थानीय पालिकामा एमालेको प्रदर्शन

संसद् पुन:स्थापनाको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २५ कात्तिक, २०८२ मा प्रकाशित
मुलुकभरका स्थानीय पालिकामा एमालेको प्रदर्शन
काठमाडौं, कात्तिक २५ :

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा(एमाले) ले मुलुकभरका स्थानीय पालिकामा प्रदर्शन गरेको छ ।

मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरुमा मोटरसाइकल र्‍यालीका साथै नारा जुलुस गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

यसैक्रममा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको बसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो । एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गरेको जानकारी दिए । 

आफूहरुको प्रदर्शनलाई जागरण अभियानको रुपमा अघि बढाइएको उनले बताए । एमालले कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार