
काठमाडौं, कात्तिक २६ :
सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच आज वार्ता हुदैछ ।
वार्तामा संयोजक दुर्गा प्रसाईं भने गएका छैनन् । वार्ताका लागि केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा महाअभियानका सदस्यहरू गृह मन्त्रालय पुगेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग र अभियानका सदस्यहरुबीच वार्ता भएको छ ।
महाअभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको आन्दोलनका विषयमा वार्तामा छलफल गर्न वार्तामा बोलाईएको हो ।