शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

विप्लव समाजवादी मोर्चाबाट अलग्गिए

‘मोर्चाको औचित्य सकियो’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
विप्लव समाजवादी मोर्चाबाट अलग्गिए
काठमाडौं, कात्तिक २६ :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग्गिएको छ। विप्लवले बुधबार वक्तव्य जारी गर्दै मोर्चाको औचित्य समाप्त भएको बताउँदै पार्टीले मोर्चाबाट अलग्गिएको घोषणा गरेका हुन्।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल र विप्लव नेतृत्वको नेकपासहित मिलेर ४ असार २०८० मा समाजवादी मोर्चा गठन गरिएको थियो। मोर्चाको उद्देश्य वामएकता र साझा समाजवादी धार निर्माण गर्ने रहेको थियो।

तर हाल माओवादी केन्द्र, नेकपा (एस) र बाबुराम भट्टराईबाट अलग्गिएका महेन्द्र राय यादव समूह मिलेर नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेपछि मोर्चाको औचित्य हराएको विप्लवको भनाइ छ।

कात्तिक १९ गते १० वाम घटकबीच नयाँ पार्टी घोषणा भए पनि पद बाँडफाँटमा सहमति नजुटेकाले विप्लव नेतृत्वको नेकपा अन्तिम समयमा एकतामा सहभागी भएनन्।

विप्लव अहिले नयाँ एकता प्रयासमा रहेका छन्। उनी माओवादी केन्द्रबाट अलग भएका जनार्दन शर्मा ‘प्रभाकर’ र नेकपा (एस) बाट अलग भएका घनश्याम भुसालसँग नयाँ राजनीतिक सहकार्यको सम्भावनाबारे छलफल गरिरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार