काठमाडौं, कात्तिक २६ :

 ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षकत्वको ‘उज्यालो नेपाल पार्टी’ का केन्द्रीय सदस्य सुभाष प्रधानले पार्टीमा नबस्ने घोषणा गरेका छन्।

पार्टीले निर्वाचन आयोगमा बुझाएको ५१ सदस्यीय केन्द्रीय समितिको सूचीमा प्रधानको नाम २९औँ नम्बरमा समावेश गरिएको थियो। तर प्रधानले आफूलाई जानकारी नदिई नाम राखिएको बताउँदै पार्टीमा बस्ने सहमति नभएको स्पष्ट पारेका छन्।

‘नयाँ दल बने पुराना दलहरू सच्चिन दबाब पर्छ भन्ने हिसाबले छलफल भएको थियो,’ प्रधानले  भने, ‘तर उज्यालो नेपाल पार्टीमा बस्ने सहमति मेरो छैन।’

उनका अनुसार पार्टी गठनको प्रक्रियामा अपेक्षित राजनीतिक संस्कार देखिएन।