
काठमाडौं, कात्तिक २६ :
गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णय अनुसार सात जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाइएका छन्।
जसअनुसार मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दीपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा वासुदेव दाहाल र रोल्पामा गंगाबहादुर क्षेत्रीलाई सीडीओ नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अन्य सहसचिव र उपसचिवहरूको पनि नियमित सरुवा प्रक्रियाअनुसार जिम्मेवारी परिवर्तन गरिएको छ।