
काठमाडौं, कात्तिक २७ :
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले आज पद भार ग्रहण गर्दैछन् ।
गृह मन्त्रालयमा पौने ११ बजे एक संक्षिप्त समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महा निरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको छ । त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी महा निरीक्षकको कार्य कक्षमा बहाली हुने तयारी गरिएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महा निरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
३२ औं महा निरीक्षक चन्द्र कुवेर खापुङ गए मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् ।
नव नियुक्त महा निरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म रहेको छ ।