काठमाडौं, कात्तिक २७ :

नवनियुक्त आईजीपी दान बहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

उनलाई गृह सचिव रामेश्वर दंगालले  दर्ज्यानी चिह्न लगाइ दिएका हुन् । प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले आजदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश भएका छन् ।