सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति प्रदेश लुम्बिनी प्रदेश

‘जनताले भयमुक्त वातावरणमा मत दिन पाउनुपर्छ, अन्यथा निर्वाचन नाटक मात्र हुन्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २७ कात्तिक, २०८२ मा प्रकाशित
‘जनताले भयमुक्त वातावरणमा मत दिन पाउनुपर्छ, अन्यथा निर्वाचन नाटक मात्र हुन्छ’
दाङ, कात्तिक २७ :

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले निष्पक्ष, निर्भय र स्वच्छ वातावरणमा मात्रै पार्टी निर्वाचनमा जाने बताएका छन्।

प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक अवसर भन्दै ‘जनताले भयमुक्त वातावरणमा मत दिन पाउनुपर्छ, अन्यथा निर्वाचन नाटक मात्र हुन्छ,’ भने।

ज्ञवालीले संसद पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार गठन र समयअगावै निर्वाचन (अर्लि इलेक्सन) एमालेको स्पष्ट राजनीतिक रोडम्याप भएको समेत बताए ।

ज्ञवालीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै भदौ २३ र २४ का घटनालाई बहाना बनाएर विपक्षीमाथि दमन गर्न खोजिएको दाबी गरे। उनले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा एमाले पूर्ण तयारीसहित जाने बताएका छन्।

ज्ञवालीले संविधान ‘घाइते अवस्थामा’रहेको भन्दै अहिलेको सरकार संविधान र लोकतन्त्र दुवैका लागि खतरा बनेको दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार