बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दलको धर्ना

पदमुक्त गरिएका पाँच सांसदले मागे आफ्नो हाजिरी रेकर्ड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २८ कात्तिक, २०८२ मा प्रकाशित
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दलको धर्ना
जनकपुर, कात्तिक २८ :

एमाले नेता सरोजकुमार यादवलाई संविधान विपरीत मुख्यमन्त्री बनाएको भन्दै सात दलका नेता-कार्यकर्ता शुक्रबार पनि धर्नामा बसे। उनीहरू मधेश भवनअगाडि सडकमा बसेर विरोध गरिरहेका छन्।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार यादवलाई बर्दिबासको होटलमै शपथ गराएकामा सात दलले असन्तुष्टि जनाउँदै निरन्तर दबाब दिइरहेका छन्।

यसैबीच, सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएपछि १० पटक संसद बैठकमा नआएको भन्दै पदमुक्त गरिएका पाँच सांसदले निर्णय अन्यायपूर्ण भएको बताए। उनीहरू शुक्रबार प्रदेशसभा सचिवालय पुगेर आफ्नो हाजिरी रेकर्ड मागेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार