
काठमाडौं, कात्तिक २९ :
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि आज साँझ स्वदेश फर्केका छन् ।
देउवा दम्पत्तीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यवाहक सभापति पूर्ण बहादुर खड्का, प्रवक्ता डा प्रकाश शरण महत लगायत नेताले स्वागत गरेका थिए ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आफ्नै निवासमा घाइते भएका देउवा दम्पत्ती यही कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर गएका थिए ।