
धनुषा, कात्तिक २९ :
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका छन् ।
आज ३ बजेका लागि सर्वदलीय बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । प्रदेश भवन अगाडि सात दलका नेता र कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् भने त्यहाँको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले आजै सुरक्षा परिषद्को बैठक गरेका छन् ।
बैठकमा सेना,प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि,प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिसमेत सहभागी बैठकमा प्रदेशको आगामी सुरक्षा रणनीति तयारीका बिषयमा छलफल भएको बताईएको छ ।
यसअघि मुख्य मन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथी सुरक्षा थ्रेट रहेको बताएका थिए ।