
उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभा प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी छन् ।
बैठकमा काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए । तर उपसभामुख ईशरले विभिन्न समस्या भएको बताएकी थिइन् ।
पूर्व मुख्य मन्त्री समेत रहेका जसमा संसदीय दलका नेता सरोज कुमार यादवले खुला ठाउँमै प्रदेश सभा बैठक आह्वान गर्न आग्रह गरेका थिए । सोही अनुसार अहिले प्रदेशसभा बैठक चौरमै बसेको हो ।
यसअघि मधेश प्रदेशका सात दलका सांसदहरू प्रदेश सभाको कार्यालय अघि धर्नामा बसेका थिए ।
सभामुख रामचन्द्र मण्डलले पदीय आचरण विरुद्ध काम गरेको भन्दै हटाउन प्रस्ताव दर्ता गरेका सांसदहरूले आज प्रदेश सभाअघि धर्ना दिएका हुन्।
सभामुखले पदीय आचरण विरुद्ध संसदमा दर्ता गराएको पत्रबारे उपसभामुखसँग जानकारी लिन मधेश प्रदेश सभा प्राङ्गणमा सामूहिक रूपमा धर्ना दिएर बसेको सांसदहरुले बताएका छन् ।
सभामुख मण्डलले आफूलाई हटाउन प्रस्ताव आएपछि पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए । तर सभामुखले १० वटा बैठकमा उपस्थित नभएको भन्दै गरेको कारबाहीलाई उपसभामुखले उल्टाइ दिएकी थिइन्।
मधेशमा एमालेका सरोज यादवलाई ठूलो दलको हैसियतमा मुख्य मन्त्री नियुक्त गरेपछि विवाद चर्किएको छ। अहिले धर्ना र जुलुस गरेर विरोध गरिएको छ ।