आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनको मुल्यमा भारी गिरावट

तोलामा ६ हजार ९ सयले घट्यो
· आइतबार, ३० कात्तिक, २०८२ मा प्रकाशित
सुनको मुल्यमा भारी गिरावट
काठमाडौं, कात्तिक ३० :

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ ।

गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा ६ हजार ९ सयले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८ सय निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७ सयमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ ।  आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भइरहेको छ ।  गत शुक्रबार त्यति नै परिमाणको  चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार