सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

दुर्गा प्रसाईंको ‘नागरिक बचाऊ दल’ दर्ता

नयाँ ७ दल थपिँदा ७ खारेज
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३० कात्तिक, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंको ‘नागरिक बचाऊ दल’ दर्ता
काठमाडौं, कात्तिक ३० :

निर्वाचन आयोगले आजसम्म आयोगमा दर्ता राजनीतिक दलको संख्या १ सय २२ नै कायम रहेको जनाएको छ। अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा दर्ता संख्या १२२ थियो ।  आजको मितिसम्म पनि सोही संख्या यथावत रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस अवधिमा ७ नयाँ राजनीतिक दल दर्ता भए भने त्यत्ति नै संख्या अर्थात् ७ दल खारेज भएका छन्।

यसैबीच आयोगमा दर्ताका लागि २८ राजनीतिक दल ‘पाइपलाइन’मा रहेका छन्। कागजात र सनाखत जाँच जारी रहेको आयोगले जनाएको छ। ‘कानुनअनुसार कागजात मगाउने, सनाखत गर्ने र सबै प्रक्रिया पूरा भएपछि आयोगले निर्णय गर्छ,’ प्रवक्ता भट्टराईले पत्रकार सम्मेलनमा भने।

नयाँ दलमध्ये मेडिकल व्यवसायी दुर्गा प्रसाईँसम्बद्ध समूहले ‘नागरिक बचाऊ दल’ दर्ता गराएको छ। माधव कल्पित अध्यक्ष रहेको यस दलको दर्ता नं ६३० कायम गरिएको छ। प्रमाणपत्र दिनुअघि आयोगले आज नेतृत्वको हस्ताक्षर सनाखत गरिरहेको छ।

कान्तिपथस्थित आयोग कार्यालयमा कल्पितसहित दुई दर्जन व्यक्ति सनाखतका लागि पुगेका छन्। दल दर्ताका लागि आयोगले तोकेको कात्तिक मसान्तको समयसीमा आज सकिँदै छ।

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै भोलिदेखि मंसिर १० गतेसम्म दल दर्ताको प्रक्रिया खुला रहने समितिले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार