नागरिकका गोप्य राख्नु पर्ने सूचनाको पूर्ण सुरक्षाका लागि प्रतिवद्ध छौं: निर्वाचन आयोग
मंगलबार, २ मंसिर, २०८२ मा
प्रकाशित
काठमाडौं, मंसिर २ :
निर्वाचन आयोगको वेबसाईटमा अनधिकृत रुपमा प्रवेश गरी मतदाता नामावली सम्बन्धी सुचनाहरु फेला पारेको भनी विभिन्न संचार माध्यमहरुमा र सामाजिक संजालहरुमा राखिएका दाबीहरु प्रति गम्भीर ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको वेबसाईट तथा मतदाता नामावली सम्बन्धि सुचनाहरुमा कुनै पनि अनधिकृत व्यक्तिहरुको पहँच नपुगेको र मतदाता नामावली सम्बन्धि सूचना प्रणाली पुर्णरुपमा सुरक्षित रहेको जनाएको छ ।
नागरिकका कानुन बमोजिम गोप्य राख्नु पर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको जारी गरिएको सूचनामा उल्लेख छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।