मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार

सुरेश रजककी श्रीमतीलाई रोजगारीको व्यवस्था

मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ मंसिर, २०८२ मा प्रकाशित
सुरेश रजककी श्रीमतीलाई रोजगारीको व्यवस्था
काठमाडौं, मंसिर २ :

सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ ।

मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो ।

सो क्रममा मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । अहिले रोजगारीको व्यवस्था गरेर केही राहत प्रदान गर्ने सरकारको कोसिस  रहेको भन्दै उनले सुजन मगियाले चाहेमा विश्वविद्यालयमा पढ्नका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा सुरेश रजकको आगलागीका कारण निधन भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार