मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति प्रदेश मधेस प्रदेश भिडियो

एमाले कार्यकर्ता र जेन-जी समूहबीच सिमरा विमानस्थलमा झडप, उडान अवरुद्ध

शंकर पोखरेल र महेश बस्नेतको सिमरा उडान रद्द
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
एमाले कार्यकर्ता र जेन-जी समूहबीच सिमरा विमानस्थलमा झडप, उडान अवरुद्ध
बारा, मंसिर ३ :

सिमरा विमानस्थलमा एमाले नेता शंकर पोखरेल र महेश बस्नेतलाई स्वागत गर्न पुगेका एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि विमानस्थल बन्द गरिएको छ।

विमानस्थल प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार बुधबार बिहान ११ बजे बुद्ध एयरको उडान नम्बर ५५३ मार्फत दुई नेता सिमरा अवतरण गर्ने कार्यक्रम थियो। तर मूल प्रवेशद्वार नजिकै रहेका क्यान्टिन आसपासमा दुई समूहबीच बोतल हानाहान सहितको झडप भएपछि सुरक्षा परिस्थिति असामान्य बनेको अधिकारीले जानकारी दिए।

‘झडपका कारण सुरक्षा अवस्था बिग्रिएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो। काठमाडौँबाट आजका उडान रोकिएका छन् र दुवै नेताको सिमरा उडान पनि रद्द भएको सुनेका छौँ,’ उनले भने।

सिमरा विमानस्थलबाट बुद्ध एयरले दैनिक १० वटा दुईतर्फी उडान गर्दै आएको छ। यहाँबाट दैनिक करिब ७ सय यात्रु काठमाडौँ, वीरगन्ज र सिमरा ओहोरदोहोर गर्ने गर्छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार