मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश कोसी प्रदेश

मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु
मोरङ, मंसिर ३ :

विराटनगरस्थित जिल्ला कारागार मोरङका एक कैदीबन्दी गंगा लिम्बूको उपचारका क्रममा निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मंगलबार राति कोशी अस्पतालमा भर्ना गरिएका पथरीशनिश्चरे नगरपालिका–४ का ५६ वर्षीय लिम्बूको बुधबार बिहान निधन भएको कारागारले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा अभद्र व्यवहार मुद्दामा गत भदौ ४ गते थुनामा चलान गरिएका लिम्बू विगत केही दिनयता श्वासप्रश्वाससम्बन्धी समस्या र खुट्टा सुन्निने पीडाबाट ग्रस्त थिए। 

कारागारका एक अधिकृतका अनुसार उनलाई यसअघि पनि मंसिर १ गते उपचारका लागि अस्पताल लगिएको थियो। उपचारपछि कारागारमा ल्याइए पनि पुनः श्वास फेर्न गाह्रो हुने समस्या दोहोरिएपछि मंगलबार राति पुनः अस्पताल भर्ना गरिएको थियो।

अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटी तोकिएकै भए पनि लिम्बूको परिवारले रकम बुझाउन नसकेपछि उनी कारागारमै बसेका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार