मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री #कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री
राजनीति भिडियो

शीतलहर र हिमपात प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गर्न गृहमन्त्री अर्यालको निर्देशन

तीन तहका सरकारबीचको समन्वयकारी भूमिकामा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
शीतलहर र हिमपात प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गर्न गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौं, मंसिर ३ :

गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकको जीवन सुरक्षित गर्न योजना कार्यान्वयनमा कुनै कमी हुन नदिन आग्रह गरे।

अर्यालले मानवजीवन र सम्पत्तिको सुरक्षा सबै तहका सरकार, गैरसरकारी संस्था तथा निजी क्षेत्रको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रतिकार्यका सबै चरणमा बहुपक्षीय समन्वय आवश्यक रहेको बताए। उनले समयमै पूर्वसूचना पहुँच पुर्‍याउने, प्रारम्भिक चेतावनी प्रणाली सुदृढ गर्ने, सुरक्षित आश्रय तयारी गर्ने तथा उद्धार–राहत कार्यमा सञ्चालन नेतृत्व स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याए।

प्राधिकरणले मंसिर १५ गतेभित्र शीतलहर र हिमपात प्रभावित क्षेत्र तथा लक्षित समूहको पहिचान गरी तथ्याङ्क अद्यावधिक गर्ने र लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने लक्ष्यसहितको कार्ययोजना अघि बढाएको छ।

शीतलहर र हिमपात सुरु हुनु अघि नै अनुमानका आधारमा पूर्वतयारी तथा पूर्वकार्य गरी सम्भावित क्षति न्यूनीकरण गर्ने, तथा विपद् अघि र पछि आवश्यक उद्धार र राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राधिकरणको योजना रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार