
फाइल तस्बिर ।
काठमाडौं, मंसिर ४ :
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
सोमबार राति भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईँलाई रिहा गर्न माग गर्दै उनका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।
अदालतले प्रसाईँलाई फक्राउनु परेको कारण स्पष्ट पार्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ। आदेशमा भनिएको छ, ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने आधार र कारण भए उल्लेख गरी, यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु।’