काठमाडौं, मंसिर ५ :
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी रु ८५ ले घटेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १ सय कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
पछिल्लो २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते
मन्थलीमा आठ विद्यालयका १०२ छात्रालाई छात्रवृत्ति,दुई शिक्षक सम्मानित
एनपीएलको पुरस्कार राशिमा वृद्धि : विजेताले डेढ करोड र उपविजेताले ८० लाख प्राप्त गर्ने