सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति

अन्ततः अशोक राई नेतृत्वको जसपा पनि फुट्यो

राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
अन्ततः अशोक राई नेतृत्वको जसपा पनि फुट्यो
काठमाडौं, मंसिर ७ :

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुटेको छ। मधेशवादी दलसँग गठबन्धन गर्ने कि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्ने भन्ने विवाद चर्किँदा पार्टी दुई भागमा विभाजित भएको हो।

पार्टीभित्रको लामो समयदेखिको अन्तरद्वन्द्व तीव्र बनेपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताले पार्टी त्यागेर प्रचण्ड संयोजक रहेको नेकपामा जाने घोषणा गरेका छन्।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै श्रेष्ठ लगायतका नेताहरुले पार्टी नेतृत्वले नेकपासँग एकता प्रक्रियाबारे निर्णय गर्न कार्यकारिणी बैठक नबोलाएको र त्यसकै कारण आफूहरू पार्टीबाट राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन्। उनीहरूले कात्तिक १९ गते औपचारिक रूपमा नेकपामा समाहित हुने जनाएका छन्।

यता जसपाभित्र प्रदीप यादव, नवलकिशोर शाहलगायतका नेताहरूले मधेसी दलहरूसँग एकता तथा मोर्चा विस्तार गर्नुपर्छ भन्ने अडान राख्दै आएका थिए। अशोक राई स्वयं पनि नेकपासँग एकता गर्न इच्छुक रहेको बताइए पनि परिस्थिति अनुकूल नबनेपछि पार्टी विभाजन अनिवार्य बनेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार