सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं थुनामुक्त

फेरि आन्दोलनका कुरा गर्छन् कि चुप बस्छन्?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं थुनामुक्त
काठमाडौं, मंसिर ७ :

सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई तत्काल हिरासतबाट मुक्त गर्न निर्देशन दिएको थियो।

अदालतले प्रसाईंविरुद्ध जारी पटक–पटक म्याद थप र पक्राउ पूर्जीको औचित्य समाप्त भइसकेको ठहर गर्दै सबै कारबाही बदर गरेको छ। आदेशमा उल्लेख भएअनुसार, प्रसाईं संलग्न महाअभियानले सहमतिअनुसार शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइसकेकाले उनलाई हिरासतमा राखिराख्नुपर्ने आधार नरहेको अदालतको निष्कर्ष छ।

प्रसाईंलाई प्रहरीले मंसिर २ गते राति सार्वजनिक शान्तिमा खलल पुग्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार