काठमाडौं, मंसिर ८ :

जनेजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै  तत्काल पदबाट राजिनामा गर्न माग गरेको छ ।  

आज प्रवक्ता विद्या शाहले विज्ञप्ति जारी गर्दै  सरकार पूर्ण रूपमा भ्रष्टाचार,पक्षपात र कुशासनमा गढिएको भन्दै बहिस्कार गर्न समेत माग गरेको छ ।

जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब विक्री गरेको तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिएको र गृहमन्त्री ओम प्रकाश अर्यालले काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर संगठित दुराचारमा लागेको आरोप समेत लगाएको  छ ।

जेनजी मुभमेन्टले विद्रोहका आदर्श,सुशासनका लागि प्राण अर्पण गरेका शहिद घाइतेहरू सहित नेपाली जनता प्रति गम्भीर अपमान गरेको उल्लेख गरेको छ ।  सरकार संवैधानिक वैधता विहिन रहेको भन्दै सरकारले नैतिकता र जन विश्वास दुवै गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

"अतः हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठराघात नगर्न आह्वान गर्दछौँ’,जनेजी मुभमेन्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिस्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आहन गर्दछौँ ।"