आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

एमालेले दियो दल दर्ता गर्न आयोगमा निवेदन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ मंसिर, २०८२ मा प्रकाशित
एमालेले दियो दल दर्ता गर्न आयोगमा निवेदन
काठमाडौं, मंसिर ९ :

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउन नेकपा (एमाले) निर्वाचन आयोगमा निवेदन दिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आवश्यक कागजातसहित एमालेले मंगलबार आयोगमा निवेदन दिएको हो ।

एमाले प्रतिनिधिसभा चुनावका लागि ६६ औँ नम्बरमा दर्ता भएको छ।  एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ । 

एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ता प्रक्रियाका लागि आफूहरू आयोग पुगेको जानकारी दिए। उनले भने, ‘प्रतिनिधिसभा निर्वाचनका लागि हामी दल दर्ता गर्न आएको हौं।’ आयोगले चुनावी प्रयोजनका लागि दर्ता गर्न बुधबारसम्मको अवधि दिएको छ।

आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिनुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार