पर्सा, मंसिर १० :

परालको कुन्युभित्र लुकाइ राखेको २ सय १३ किलो ग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । 

पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ बटसौरामा परालमा लुकाइराखेको गाँजा बरामद गरिएको हो । भारतीय सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणमा चलाएको अभियानका क्रममा  ठूलो मात्रामा गाँजा फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साले सो अभियान संचालन गर्दै आएको छ ।