
काठमाडौं, मंसिर १० :
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् ।
आजको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट रुपमा रहेको विराटनगरले लगातर तीन खेलमा जित हासिल गर्दै ६ अंक प्राप्त गरेको छ । विराटनगर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
यस्तै चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवनका लागि आजको खेल महत्वपुर्ण रहेको छ । दुई खेल खेलेको चितवनले एक खेलमा जित हासिल गरेको छ ।
चितवनले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।