नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको कार्यक्रम अहिले जारी छ । राष्ट्रिय सभागृहमा जारी भेलामा नेताहरुले आआफ्नो भनाइ राखिरहेका छन् । युवा पुस्तालाई नेतृत्व हस्तान्तर गरेर अभिभावकीय भूमिकामा बस्नु पर्ने सभापति शेरबहादुर देउवा पुन: सक्रिय हुन खोजेको भन्दै नेताहरुले आपत्ति जनाएका छन्।
महाधिवेशनको कुरा टुंग्याला भनेर बसेको केन्द्रीय कार्यसमिति बैठक लामो समय भइसक्दा पनि निष्कर्ष निकाल्न नसके पनि उनीहरुले गुनासो गरेका छन् । बैठकले महाधिवेशनको विषयमा ठोस निर्णय नगरेपछि निर्वाचनमा भाग लिने भनेर आयोगमा दल दर्ता गर्ने बाहेक कुनै उपलब्धि नभएको नेता गुरु घिमिरेले बताए । उनले विशेष महाधिवेशनको विषयमा कतै नक्कली हस्ताक्षर भए प्रमाणित गरेर देखाउँन चुनौती दिए ।
संस्थापन पक्ष बहानाबाजी गरेर महाधिवेशन लम्ब्याउने पक्षमा लागिरहेको बताएका छन् । पार्टीलाई युग सापेक्ष रुपमा अगाडि बढाउन चाहन्छौं उनले भने ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान