काठमाडौं, मंसिर १० :

निर्वाचन आयोगले दल दर्ताका लागि चार दिन समय थप गरेको छ ।  थप १९ वटा नयाँ दल दर्ता प्रक्रियामा रहेकाले उनीहरु पनि निर्वाचनमा भाग लिन पाउन् भन्ने उद्देश्यले दल दर्ताको समय थप गरेको आयोगले जनाएको छ । 

आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले दल दर्ताको समय बुधबारसम्मका लागि तोकेको थियो । बुधबार १९ वटा नयाँ दल दर्ता भएसँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुगेको छ । पुराना र ठुला भनिएकाहरु नेपाली कांग्रेस र नेकपा एमालेले दुईदिन अघि मात्र  निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् ।