बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

समाधानका विकल्प खोज्न पूर्वपदाधिकारीहरूलाई देउवाको निर्देशन

प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन नगर्न सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
समाधानका विकल्प खोज्न पूर्वपदाधिकारीहरूलाई देउवाको निर्देशन
फाइल तस्बिर ।
काठमाडौं, मंसिर ११ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको समस्यालाई सहमतिको माध्यमबाट समाधान गर्न नेताहरूलाई निर्देशन दिएका छन्।

 महाधिवेशनको समयलाई लिएर बढ्दो विवादबीच महाराजगञ्जस्थित आफ्नै निवासमा बिहीबार संस्थापन पक्षका पूर्वपदाधिकारीहरूलाई बोलाएर देउवाले विवाद चर्कन नदिई समाधानका विकल्प खोज्दै सहमतिका साथ अगाडि बढ्न नेताहरूलाई सुझाव दिएका छन्।

त्यसबखत सभापति पूर्वपदाधिकारीहरूले सभापति देउवालाई प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने सुझाव दिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

कांग्रेस प्रवक्ता डा. महतले  भने, ‘हामीले राखेको विषय सभापतिज्यूलाई थाहा भएकै रहेछ । उहाँ स्वयंले पनि अहिले महाधिवेशन गरिनु पार्टीका लागि राम्रो नहुने मत राख्नुभयो।’

छलफलमा सहभागी शीर्ष नेताहरूले पनि प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याएका थिए। सभापति देउवाले भने समग्र परिस्थितिलाई बुझ्दै पार्टीलाई क्षति नपुग्ने बाटो अपनाउन सबैलाई एकमत हुन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार