
काठमाडौं, मंसिर १२ :
मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको नियुक्ति र शपथ विरुद्धको परेको रिटमा हिजोदेखि शुरु भएको बहस आज पनि जारी रहनेछ ।
हिजो विपक्षीको बयान नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । त्यसैले सोही रटमा आज पनि सुनुवाइ हुन लागेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ ।
गत कात्तिक २३ गते मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवसहित ७४ सांसदले मुख्य मन्त्री सरोज यादवको नियुक्ति विरुद्ध अदालतमा रिट दर्ता गराएका थिए । यसअघि रकी यादवसहितको रिटमा सर्वोच्च अदालतले मुख्य मन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइ सकेको छ ।