
प्रतीकात्मकर तस्बिर ।
काठमाडौं, मंसिर १२ :
बारामा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । सर्लाही धन्कौल २ का ४२ वर्षीय राजकिशोर सिंहको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार हत्या गरिएका सिंह किरण बेभरेज पानी उद्योगका म्यानेजर हुन् । सिंहको शव प्रसौनी गाउँपालिका-६ भलुही चोक भन्दा उत्तरपट्टि शुक्रबार भेटिएको छ ।
हत्याको अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर प्रयोग गरिरहेको छ । हत्या गर्ने व्यक्तिको पहिचान चाँडै नै खुलेर कानुनी दायरामा आइने प्रहरीले जनाएको छ ।
