काठमाडौं, मंसिर १३ :

गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईबीच शुक्रबार वार्ता भएको छ ।

सिंहदरवारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईले जानकारी दिए।

उनले भने, “मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरी छलफल गर्ने सहमति भएको छ ।”

संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए ।